Connect IPS
IME Life

नेप्से ३२ अंकले घट्यो, सबै उपसूचक रात्ताम्मे हुँदा ६ अर्ब २७ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज परिसूचक नेप्से ३२ दशमलव ३९ अंकले घटेर २,७६९ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज २२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २२४ वटा कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ६० लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, महालक्ष्मी विकास बैंकको ५७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ३९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १९ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको १७ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS