काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानिय बासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । प्रत्याभूतिकर्ता नियुक्त सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।
कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदीगा.पा.वडा नं. ४, स्याङ्गेनदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी गराउनुभयो । दिए ।