काठमाडौं । आज परिसूचक नेप्से १६ दशमलव ९५ अंकले घटेर २,८०१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज ९४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर र अपर तामाकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।