काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेर घटेको छ । आज परिसूचक नेप्से १६ दशमलव ९५ अंकले घटेर २,८०१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, निर्जीवन बीमा समुह, उत्पादनमुलक, जीवन बीमा,म्युचुअफ फण्ड र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् । आज अन्य उपसूचकमा लगानीकर्ताको आकर्षण बढेको छ ।
आज ९४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर र अपर तामाकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।