काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको हो । बैंकले यस अघि १२ दशमलव ०७ प्रतिशत बोनश शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम नगद लाभांश सहितको ब्यबस्था गरेको छ ।
अब बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ०७ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।