कम्पनीले प्रकाशित चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आ.व.को पहिलो त्रैमासमा कुल बीमा शुल्कमा ५० प्रतिशतले वृद्धि भएर ८१ करोड ७८ लाख आर्जन गरी कुल लगानी रकममा ८२ प्रतिशत ले वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९ करोड २२ लाख नाफा गर्न सफल भएको छ ।
आईपोमार्फत पुँजी वृद्धि गरेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रहेको छ भने कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भएर ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी १६ दशमलव ०४ र प्रति शेयर नेट्वर्थ १३३ दशमलव ६१ रहेको छ।
कम्पनीका अनुसार सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ।