काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।
आज ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सबैभन्दा धेरै विय लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।