Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २९ गते २७औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको गत कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा गर्ने बैंकले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सभामा उक्त प्रस्ताव पारित हुनेछ छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS