काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५५ दशमलव ४० प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष बढेको हो ।
१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ९ करोड ६६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५ करोड ६४ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा ३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को प्रथम त्रैमाससम्ममा ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८१ दशमलव ४४ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनील १ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ८३ दशमलव ५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९१ लाख ६८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ७४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा रहेको छ ।