Connect IPS
IME Life

गभर्नर अधिकारी सार्क फाइनान्स अध्यक्षमा चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका छन्। २०७८ कात्तिक २९ गते (सन् २०२१ नोभेम्बर १५) मा सम्पन्न 42nd SAARCFINANCE  Governors’ Group Meeting ले आगामी एक वर्षका निम्ति गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।

माल्दीभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्व बैंक, माल्दीभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो ।

Prabhu
Crest

बैठकमा सार्क फाइनान्सकाको अध्यक्ष रहेका माल्दीभ्स मनिटरी अथोरिटी, गभर्नर अली हसिमले स्वागत मन्तव्य राखेका थिए । बैठकमा SAARCFINANCE Governors’बीच आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधानान्तर स्थिति, कुल विदेशी विनियम सञ्चिति, मुद्रास्फीति, कर्जा प्रवाह, तरलता व्यवस्थापन, विद्युतीय भुक्तानी, जनशक्ति विकास, जलविद्युत्, पर्यटन लगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले आ-आफ्नो मुलुकको समष्टिगत आर्थिक स्थितिबारे जानकारी गराएका थिए । सो अवसरमा नेपालका तर्फबाट गभर्नर अधिकारीले नेपालको Macro Surveillance Indicators (MSI) बारे संक्षिप्त जानकारी गराएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

साथै बैठकमा SAARCFINANCE Collaborative Study का लागि नेपाल राष्ट्र बैंकले नेतृत्व गरेको Prospects of Central
Bank Digital Currency (CBDC)  in SAARC Region विषयमा हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो । बैठकको अन्त्यमा सार्क फाइनान्स सदस्य गभर्नर तथा डेपुटी गभर्नरहरूले माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसीमलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सार्क फाइनान्स अध्यक्षका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नरद्वय डा.नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गी मास्के, डा. प्रकाशकुमार श्रेष्ठ, निर्देशक डा. रामशरण खरेल तथा सार्क फाइनान्स संयोजक एवम् निर्देशक नारायणप्रसाद पोखेलल गायतका अधिकारीहरूको उपस्थिती थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS