काठमाडौं । नेप्सेमा अपि पावर लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । अपि पावरको १० दशमलव ५० प्रतिशत बोनश शेयर बापतको २६ लाख २१ हजार ५९४ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनश शेयर बापतको १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको छ ।
यी दुबै कम्पनीको शेयर भोलि मंगलवारदेखि कारोबार हुनेछ । तर, शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।