काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २,७१५ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज बोटलर्स नेपाल र मानुषि लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।