काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा पुस १७ गते हुने भएको छ । सभा स्टार व्यांक्वेट, पेप्सीकोला काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने निर्णय पुस्तिकामा हस्ताक्षर गर्न तीन जना प्रतिनिधि तोक्ने लगायतका विभिन्न प्रस्ताव पारित गर्ने जनाएको छ ।