Connect IPS
IME Life

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,साधारण सभा कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई लघुवित्तले लाभांश प्रयोजनका लागि भोलि कात्तिक ३० गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन तथा सभामा भाग लिन पाउनेछन् ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते आठौं साधारण सभा गर्ने भएको छ । कम्पनीको कार्तिक १० गतेबसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभा बुटवलमा हुने कम्पनीले जनाएको छ। सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा विहान ११ बजे गर्ने जनाएको छ । सभा जुम मार्फत गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ । कम्पनीको कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्ष्कको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

यसवर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३२ करोड ४५ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । सभामा उक्त प्रस्तावित लाभांश पारित गर्नेछ ।

सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS