काठमाडौं । सहारा विकास बैंक र गरिमा विकास बैंकको एकिकृत कारोबार शुरु भएको छ । सर्लाहीको मलंगवा केन्द्रीय कार्यालय भएको सहारा विकास बैंकलाई गरिमा विकास बैंकले प्राप्ती गरी एकिकृत कारोबार शुरु गरेको छ ।
आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ कार्यक्रमको उद्घाटन प्रदेश २ का महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले गरे ।
सहारा विकास बैंकलाई प्राप्ति गरेपछि अब गरिमा विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ पुगेको छ । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय भएका छन् ।