Connect IPS
IME Life

सिद्धार्थ बैंकद्धारा अपाङ्गता संरक्षण नेपाललाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौ स्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत १०० वटा सेतो छडीको लागिरु ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउदो मंसिर १७ गते अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहिन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ । अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आईरहेको उक्त संस्थालाई पु¥याएको सो रकम सहयोगबाट दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Prabhu
Crest

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS