काठमाडौं । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाको आवेदन परेको छ । अर्थमन्त्रालयले नेप्सेको सिइओका लागि आवेदन खुला गर्दा नेप्सेकै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र उपप्रबन्धक प्रविन पन्दाकको आवेदन परेको छ । त्यस्तै जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्रि प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छवीराज पन्त र रमेश घिमिरेको आवेदन परेको छ ।
सर्वोत्तम सिमन्टको भित्री कारोबारमा यस अगाडीकै प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको श्रीमतिको संलग्नता रहेको कुरा सार्वजनिक भए पछि साउदले राजिनामा दिएका थिए ।