काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज ४ अर्ब ९ करोड ६२ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको २७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २४ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको १३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।