काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर २,६८८ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २३० वटा कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको २७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २४ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको १३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपालका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मानुषि लघुवित्तका लगानीकर्ता, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै हाइड्राइलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।