काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी सिद्धार्थ क्यापिटल नक्साल र कम्पनीबिच सम्झौता भएको छ ।
कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले आर्थिक २०७७/७८ को मुनाफाबाट वितरण गरेको २० प्रतिशत बोनश शेयर र १ दशलमव ५ प्रतिशत नगद नगद लाभांश कर सहित गरेर जम्मा २१ दशमलव ५ प्रतिशत बोनश शेयर निष्काशन गरेपछि कायम चुक्ता पूँजीको १ः२.१ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
अब नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि र धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्काशन हुनेछ ।