Connect IPS
IME Life

सोल्टी होटलको साधारण सभा मंसिर २८ गते, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय ताहाचल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको जनाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव भने गरेको छैन ।सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधानीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ६ गतेदेखि २८ गते सम्म बन्द रहनेछ । त्यसकारण मंसिर ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS