Connect IPS
IME Life

गण्डकी प्रदेशको कृषिमा बैंक वित्तीय संस्थाको २६ अर्ब ३७ करोड कर्जा प्रवाह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरुमा कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा २६ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेका छन् । २०७८ असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु।२६ अर्ब ३७ करोड कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.५ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक अवस्थाबारे अध्ययन प्रतिवेदनमा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र नवलपरासी (पूर्व) मा बैंक तथा वित्तीय संस्थाले यो रकम लगानी गरेका हुन् । बैंक वित्तीय संस्थाबाट भएको कूल कर्जा लगानीको यो ८.५ प्रतिशत मात्र हो ।

Prabhu
Crest

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ०.६ प्रतिशतले वृद्धि भएपनि धान, मकै, गहुँ, जौं, फापर र उखु खेती गरिएको क्षेत्रफल घटेको छ । खाद्य तथा अन्य बाली मध्ये धान २.७ प्रतिशत, गहुँ ४.५ प्रतिशत र फापर ०.२ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ०.७ प्रतिशतले बढेको छ । खाद्य बालीमा कोदोको उत्पादन १.२ प्रतिशत, आलुको उत्पादन ८.२ प्रतिशत, भटमासको उत्पादन ६.५ प्रतिशतले वृद्धि भएको छ ।

कोदो, आलु, भटमासको बालीले ढाकेको क्षेत्रफलमा क्रमशः १.१ प्रतिशत, ०.६ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ । दलहन र तेलहनले ढाकेको क्षेत्रफल क्रमशः ६.८ प्रतिशत र ४.६ प्रतिशत र तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल २।४ प्रतिशतले वृद्धि भएको छ ।

फलफूहरुमा स्याउ खेती गरिएको क्षेत्रफल १७.२ प्रतिशत, सुन्तला खेती गरिएको क्षेत्रफल ८.३ प्रतिशत तथा आँप खेती गरिएको क्षेत्रफल ७.३ प्रतिशत र केरा खेती गरिएको क्षेत्रफल ०.९ प्रतिशतले वृद्धि भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तरकारी तथा बागवानी तर्फको उत्पादन १.३ र फलफूल तथा मसला बालीको उत्पादन १०.३ प्रतिशतले वृद्धि भएको छ । पशुजन्य उत्पादनतर्पmस दूध उत्पादन १४.४ प्रतिशत, मासुको उत्पादन ७.८ प्रतिशत र माछाको उत्पादन ५२.५ प्रतिशतले वृद्धि हुँदा वनजन्य उत्पादनतर्पm काठको उत्पादन २९.८ प्रतिशतले ह्र्रास आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS