Connect IPS
IME Life

इन्फिनिटी लघुवित्तको नाफा ११७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं । इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा खुद नाफा ११७ दशमलव ८४ प्रतितशतले बढेर चार करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले दुई करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १६० दशमलव १७ प्रतिशतले बढेर आठ करोड ५९ लाख ६७ हजार रुपैयाँ गरेकाे छ । गतवर्षको यसैअवधिमा यसले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको सञ्चालन नाफा १६८ दशमलव ०४ प्रतिशतले बढेर पाँच करोड ४४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यसैअवधिमा यसले दुई करोड ३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने तीन दशमलव २८ प्रतिशतले बढेर चार दशमलव ६५ प्रतिशत पुगेको छ । तीन महिनामा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ । गतवर्षको यसैअवधिमा यसको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS