काठमाडौं । महालक्ष्मी विकासले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ ।
कम्पनीहरुको विभिन्न साधारण सभाबाट पारित पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीलाई समयमै बुझिलिन आग्रह गरेको हो । कम्पनीले सूचना जारी गरेका एक महिनाभित्र कम्पनीको रष्ट्रिार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको हो ।
उक्त समय अवधिभित्र लाभांश नबुझे उक्त लाभांश कम्पनी ऐन २०६३ दफा १८२ को अधिनमा रहि लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।