Connect IPS
IME Life

एशियन लाइफले दियो दुई मृतकको परिवारलाई दाबी वापतको रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कोरोना भाइरसको संक्रमणका कारण निधन भएका इनरुवा र मोरङका दुई बीमितको परिवारलाई बीमा वापतको दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले इनरुवा उपशाखा अन्तर्गतका बीमित दिनुलाल चौधरीकी श्रीमती तिलकुमारी चौधरीलाई १ लाख ३० हजार ४२० रुपैयाँ मृत्यु वापतको दाबी रकम भुक्तानी गरेको हो । बीमितले १ लाख चार हजार रुपैयाँको बीमा गराएका थिए । उनलाई अहिले बोनशसहित उक्त रकम प्रदान गरेको हो ।

Prabhu
Crest

उक्त रकम एशियन लाइफ इटहरी शाखा प्रबन्धक कृष्ण भट्टराई, इनरूवा उपशाखा प्रमुख नारायण खनाल लगायतको उपस्थितीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै, कम्पनीका अर्का बीमित मोरङ केरावारी ३ का राजु देवानकी श्रीमती गंगामाया लिम्बूलाई कम्पनीले ५ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । देवानकी श्रीमती गंगालाई कम्पनीले दुई वर्षको बोनस सहित ५ लाख ६६ हजार रुपैयाँ प्रदान गरेको हो ।

उक्त रकम एशियन लाइफ इटहरी शाखा प्रबन्धक भट्टराई, बेलबारी उपशाखा प्रमुख श्याम पोखरेल तथा स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितिमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS