काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेले राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली र सम्पूर्ण सञ्चालकहरुको विवरण र सञ्चालकहरुले गरेको लगानीको विवरण माग गरेको हो ।
नेप्सेले यसअघि पनि कम्पनीसँग उक्त विवरण माग गरेकोमा पूर्ण विवरण प्राप्त नभएपछि फेरी तीन दिनभित्र थप विवरण पेश गर्न एक सुचना जारी गर्दै निर्देशन दिएको हो । तोकिएको समयअवधिभित्र उक्त विवरण पेश नगरेमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनी समेत दिएको सोही सुचनामा उल्लेख छ ।