काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २,६९० दशमलव २९ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । साहस उर्जा कम्पनीका लगानीकर्ताले ७ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।