Connect IPS
IME Life

वोमी लघुवित्तले कमायो ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्रीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको नाफा १९५ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६६ लाख नाफा कमाएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा बृद्धि गरेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड १६ लाख खराब कर्जा उठाउन सफल भएको छ ।

Prabhu
Crest

४१ करोड १९ लाख ४४ हजार चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३५ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब ६ करोड ८५ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ९६ करोड २५ लाख निक्षेप संकलन गरी ५ अर्ब २३ करोड ५२ लाख कर्जा लगानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ७५ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३३.७० गुणा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ०६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS