Connect IPS
IME Life

दोस्रो बजारमा सूचिकृत ९० कम्पनीले घोषणा गरे लाभांश, तपाईको भागमा कति पर्यो(सूचिसहित)  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा सूचिकृत म्युचुअल फण्ड तथा कम्पनीहरु मध्ये ९० वटाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने मध्ये धेरैले साधारणसभाबाट पारित गर्न बाँकी छ । साधारणसभाबाट पारित भइसेकका शेयधनीहरुले भने प्राप्त गरिसकेका छन् ।

गत आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित कोषबाट अधिकाम्सले बोनश शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गर्ने ९० कम्पनीको औषत लाभांश २९ प्रतिशत रहेको छ । तर सर्वाधिक नगद लाभांश घोषणा गरेको युनिलिभरका कारण औषत लाभांश धेरै देखिएको हो । यदि युनिलिभरलाई हटाएर हेर्ने हो भने जम्मा २२ प्रतिशत मात्रै प्रतिफल देखिन्छ । गत वर्ष सर्वाधिक धेरै युनिलिभरले ६५० प्रतिशत नगद लाभांश दिएको थियो ।

Prabhu
Crest

त्यस्तै दोस्रो धेरै लाभांश ग्लोबल आइएमई सम्मुन्नत स्किम एकले १०० प्रतिशत लाभांश घोषणा गरेको छ । म्युचुअल फण्डहरु मध्ये सर्वाधिक धेरै लाभांश घोषणा गरेको यस योजना सर्वाधिक लाभांश दिनेमा भने दोस्रो नम्बरमा रहेको छ । दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये अझै धेरै कम्पनीले लाभांश दिन बाँकी रहेको हुँदा यो नम्बरमा तलमाथि हुन सक्छ ।

सर्वाधिक लाभांश दिनेमा म्युचुअल फण्ड

दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये म्युचुअल फण्डको नगद लाभांश एकदमै आकर्षक देखिएको छ । हालसम्म २१ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । उनिहरु मध्ये ग्लोबल आइएमई सम्मुन्नत स्किम एकले सर्वाधिक धेरै १०० प्रतिशत त्यस्तै दोस्रो धेरै एनआईविएल प्रगति फण्ड, एनआईविएल सहभागिता फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत दिएका छन् । म्युचुअल फण्डको औषत लाभांश नै ३४ प्रतिशत रहेको छ ।

त्यस्तै बाणिज्य बैंकहरु मध्ये २२ वटाले लाभांश घोषणा गरेका छन् । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै नविल बैंकको ३८ प्रतिशत रहेको छ । त्यस्तै दोस्रो धेरै लाभांश दिनेमा हिमालय बैंकले २६ प्रतिशत दिएको छ । बाणिज्य बैंकहरुको औषत प्रतिफल १५.५४ प्रतिशत रहेको छ । जसमा बोनश शेयरको हिस्सा सर्वाधिक देखिन्छ । बाणिज्य बैंकहरुले औषतमा नगद लाभांश जम्मा २.४३ प्रतिशत मात्रै रहेको छ भने बोनश शेयर १३.१० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार नगद भन्दा बोनश शेयरलाई प्राथमिकता दिदा लाभांश दर यस वर्ष घटेको देखिन्छ । अझै  ५ बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । पब्लिक लिमिटेड कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ । त्यसैले गर्दा बाँकी कम्पनीहरुले पनि छिट्टै लाभांश घोषणा गर्ने देखिन्छ ।

कोभिड १९ ले समग्र अर्थतन्त्र नै तहस नहज हुँदै सूचिकृत कम्पनीहरु मध्ये बैंक वित्तीय संस्थाहरुले भने राम्रो लाभांश दिन सफल भएका छन् । त्यस्तै गत वर्ष शेयर बजारमा आएको उछालको फाइदा उठाउदै म्युचुअल फण्डले शेयरधनीरुलाई राम्रो लाभांश दिएका छन् ।

आकर्षणक लाभांश दिने माइक्रोफाइनान्सहरु भने केहि हदसम्म सेलाएका छन् । राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्दा पनि केहि संस्थाले राम्रो लाभांश दिन सकेका छन् । समग्रमा माइक्रोफाइनान्सको औषत लाभांश २३.६६ प्रतिशत रहेको छ । जस मध्ये कर प्रयोजनका लागि मात्रै नगद लाभांश दिएका छन् बाँकी सबै पूँजी बढानका लागि बोनश शेयर जारी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS