काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर १७ गते हुने भएको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
सभा होटल एलफ्ट, ठमेल काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले बताएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, वित्तीय विवरण, नाफा, नोक्सान लगायतका एजेण्डाहरु पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ४ (१) को संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।