Connect IPS
IME Life

अझै १५ वाणिज्य बैंकको शेयर किन्नेले पाउछन् लाभांश, कुनले कति दिँदैछन् ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७ /७८ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका बैंकमध्ये अझै १५ वटा वाणिज्य बैंकको बुक क्लोज हुन बाँकी छ । त्यसकारण यी १५ वटा बैंकको शेयर किन्दा प्रस्तावित लाभांश पाइनेछ । एनएमबि बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, हिमालयन बैंक, स्टान्डर्ट चार्टर्ड बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक र नविल बैंक, मेगा बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक र प्रभु बैंकको शेयर किन्नले प्रस्तावित लाभांश पाउनेछन् ।

गत आर्थिक वर्षको लाभांश घोषणा गरी तीन कम्पनीले साधारण सभा समेत सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् । सिटिजन्स बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले साधारण सभा सम्पन्न गरिसकेका हुन् । त्यस्तै, कुमारी बैंक र नेपाल बङलादेश बैंकले पनि साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् । २० वटा बैंकहरुले ३१४ दशमलव ९ प्रतिशत लाभांश वितरण भएका छन् ।

लाभांश प्रस्ताव गरेका बैंकहरुमध्ये सबैभन्दा धेरै नविल बैंकले प्रस्ताव गरेको छ । बैंकले ३३ दशमलव ६ प्रतिशत नगद लाभांश र ४ दशमलव ४ प्रतिशत बोनश शेयर गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हिमालयन बैंकले २१ दशमलव ३८ प्रतिशत बोनश शेयर ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनएमबि बेंकले १२ दशमलव ५ प्रतिशत बोनश र ३ दशमलव ३ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । एनआइसी एशिया बैंंकले १५ प्रतिशत बोनश र ० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिद्धार्थ बैंकले १४ दशमलव २५ प्रतिशत बोनश र ० दशमलव ७५ प्रतिशत नगद,बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनश र ४ प्रतिशत नगद लाभांश दिने भएको छ । प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनश शेयर र ० दशमलव ६३ प्रतिशत नगद लाभांश, मेगा बैंकले १२ दशमलव ०७ प्रतिशत बोनश शेयर दिने भएको छ भने प्रभु बैंकले १२ प्रतिशत बोनश शेयर र ० दशमलव ६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनश र ३ दशमलव ०६ प्रतिशत नगद लाभांश, नेपाल बैंकले १४ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनश र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनश शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले ६ प्रतिशत बोनश शेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश, सिटिजन्स बैंकले १२ दशमलव ९१ प्रतिशत बोनश र ३ दशमलव ०८९ प्रतिशत नगद लाभांश दिने भएका छन् ।

त्यसैगरी सानिमा बैंकले १७ प्रतिशत लाभांश र ० दशमलव ८९ प्रतिशत नगद लाभांश, माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनश शेयर र ० दशमलव ७ प्रतिशत नगद लाभांश, कुमारी बैंकले ६ प्रतिशत बोनश शेयर र २ दशमलव ६७ नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल बङगलादेश बैंकले १२ प्रतिशत बोनश शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS