काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुन: सुदीप आचार्य चयन भएका छन् । आज सम्पन्न बैंकको पन्ध्रौ वार्षिक साधारणसभाले सुदीप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुबेदी सहित छ जना संचालक निर्बिरोध निर्बाचित गरेको थियो।
आचार्य संस्थापक समूहबाट सञ्चालक पदमा पुनः निर्वाचित भएका हुन् । साधारणसभा सम्पन्न भए पश्चात बसेको बैंक संचालक समितिको बैठकले आचार्यलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो।