काठमाडौं । कामना सेवा विकास बैंकको आज कात्तिक २३ गते साधारण सभा आयोजना गर्ने भएको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गरेको थियो । यसका आभारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।