प्रस्तावित लाभांशलाई हेर्दा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ९२५ प्रतिशत नगद लाभांश गरी जम्मा १८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
किताबी मूल्य : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/ ७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा लुम्बिनी विकास बैंकको किताबी मूल्य १८७ रुपैयाँ छ भने मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १४८ रुपैयाँ छ।
वार्षिक प्रति शेयर आम्दानी : आर्थिक वर्ष ७८/७९को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकको वार्षिक प्रति शेयर आम्दानी २८ रुपैयाँ छ भने लुम्बिनी विकास बैंकको वार्षिक प्रति शेयर आम्दानी २९ रुपैयाँ छ ।
बजार मूल्य : कार्तिक २२ गतेको बजार मूल्य अनुसार मुक्तिनाथ विकास बैंकको बजार मूल्य ७३२ रुपैयाँ रहकोमा लुम्बिनी विकास बैंकको बजार मूल्य ६४८ रुपैयाँ रहेको छ।
खराब कर्जा : बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा मुक्तिनाथ विकास बैंकको खराब कर्जा शुन्य दशमवल २३ प्रातिशत रहेकोमा लुम्बिनी विकास बैंकको १ दशमलव ३१ प्रतिशत छ।
मूल्य आम्दानी अनुपात : कार्तिक २२ को बजार मूल्य अनुसार मुक्तिनाथ विकास बैंकको मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ बहने लुम्बिनी विकास बैंकको २२ गुणा रहेको छ।
नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।