काठमाडौं । पाँचथर पावर कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ८० लाख ७५ हजार सञ्चित रहेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड १२ लाख ९९ हजार खुद नाफा कमाएको थियो । कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि गरेर १० करोड ३१ लाख ३९ हजार नाफा कमाएको छ ।
कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ प्रतिशत लेवृद्धि भएको छ । गत आर्थिक वर्षको पहिला त्रैमासमा १४ करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा बढाएर १६ करोड २७ लाख ५० हजार पुर्याएको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ०३ पैसा रहेको छ ।