Connect IPS
IME Life

घलेम्दी हाइड्रोपावरको यस्तो देखियो प्रथम त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालू आथिर्क कवर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा पनि कम्पनी नोक्सानीमा नै रहेको छ । तर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम नोक्सानीमा छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २ लाख ६४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी घटेर २ करोड १७ लाख ३९ हजार रुपैयाँ आएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत् विक्री बापत १ करोड ८० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् विक्री बापत कम्पनीले ६८ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

Prabhu
Crest

५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ६ करोड ७४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष धनात्मक थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS