काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक २३ गते (एक दिन) बन्द गर्ने भएको छ । यस आधारमा आज कात्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
संस्थाले मंसिर ५ गते साधारण सभा गर्ने भएको छ । सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो ।
सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।