Connect IPS
IME Life

लाभांश घोषणा गरेका पाँच विकास बैंक,कुन कुनको बाँकि छ बुक क्लोज हुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हालसम्म ५ वटा विकास बैंकले आर्थिक वर्ष २०७७/ ८८ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट मुक्तनाथ विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव गरेका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्ये सबैभन्दा धेरै कामना सेवा विकास बैंकले प्रस्ताव गरेको छ । बैंकले १८ दशमलव ५ प्रतिशत बोनश शेयर र ० दशमलव ९७ प्रतिशत नगद लाभांश गरी कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७५ प्रतिशत बोनश शेयर र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

Prabhu
Crest

शाइन रेसुङगाले १० दशमलव ९३ प्रतिशत बोनश शेयर र ० दशमलव ५७ प्रतिशत नगद लाभांश, लुम्बिनी विकास बैंकले १० प्रतिशत बोनश शेयर र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश, सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

लाभांश प्रस्ताव गरेका ५ विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो साधारण सभा सम्पन्न गरी प्रस्तावित १० प्रतिशत बोन शेयर र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ भने कामना सेवा विकास बैंकले पनि लाभांश पारितका लागि कार्तिक २३ गते साधारण सभा बोलाएको छ ।

मुक्तिनाथ विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकले भने साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेका छैनन्। त्यसकारण यी तीन बैंकको शेयर किन्नले प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS