Connect IPS
IME Life

एनआईसी एशिया बैंकले ल्यायो कार्डलेस सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सुरु गरेको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।

यस सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्नेछ ।

Prabhu
Crest

त्यसपछि ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने बैंकले बताएको छ । सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS