काठमाडौं । चालु आर्थिक वर्ष ७८/७९ मा सम्पूर्ण वाणिज्य बैंकहरुले प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छन् । वाणिज्य बैंकमध्येको एक नम्बरको बैंकको दौडलाइ अझै सजिलो बनाउनका लागि १० महत्वपूर्ण सूचकलाई आधार मानेर तयार गरिएको तथ्याङ्क जसमा नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंकलाई समावेश गरिएको छ ।
कुन सूचकमा कुन बैंक अघि ?
शेयर पुँजी
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा शेयर पुँजीमा ग्लोबल आइएमई बैंक अगाडी रहेको छ । बैंकको शेयर पूँजी २१ अर्ब ६३ करोड रहेको छ ।
जगेडा कोष :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा जगेडा कोषलाई हेर्दा नेपाल बैंक अगाडी रहेको छ । बैंकको जगेडा कोष १७ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
संचित मुनाफा :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा संचित मुनाफालाई हेर्दा नबिल बैंक अगाडी रहेको छ । बैंकको संचिती मुनाफा ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
निक्षेप :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा निक्षेपलाई हेर्ने हो भने एनआईसी एशिया बैंक अगाडी रहेको छ । बैंकको निक्षेप २ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।
कर्जा :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बैंकहरुको कर्जालाई हेर्ने हो भने पनि एनआईसी एशिया बैंक नै अगाडी रहेको छ । बैंकले २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद व्याज आम्दानी :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा खुद ब्याज आम्दानीलाई हेर्ने हो भने एनआईसी एशिया बैंक अगाडी रहेको छ । बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
संचालन मुनाफा :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा संचालन मुनाफालाई हेर्ने हो भने एनआईसी एशिया बैंक अगाडी रहेको छ । बैंकले १ अर्ब ६८ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ ।
खुद नाफा :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा खुद नाफालाई हेर्दा एनआईसी एशिया बैंक नै अब्बल देखिन्छ । बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
वार्षिक प्रति शेयर आम्दानी :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा वार्षिक प्रति शेयर आम्दानीलाई हेर्ने हो भने पनि एनआईसी एशिया बैंक नै अगाडी देखिएको छ । बैंकको वार्षिक प्रति शेयर आम्दानी ४० रुपैयाँ ८४ पैसा रहेको छ ।
किताबी मूल्य :
चालु आर्थिक वर्ष ७८/७९ मा बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बैंकहरुको किताबी मुल्यलाई हेर्दा नेपाल बैंक अगाडी देखिन्छ । बैंकको किताबी मुल्य २७० रुपैयाँ ४४ पैसा रहेको छ ।