Connect IPS
IME Life

भरतपुरमा अवरुद्ध विद्युत आपूर्ति ३६ घण्टापछि सूचारु

SPIL
NIC ASIA new
Sanima Reliance
कुलप्रसाद काफ्ले

चितवन । भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति ३६ घण्टापछि सूचारु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत आपूर्ति बिहीबार बिहान १ बजेदेखि सूचारु भएको हो ।

भोजाडस्थित १३२/११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर महानगरपालिका–१ देखि ५, ७ देखि १२, २९ र देवघाट क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको हो । विद्युत आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सवस्टेशनको स्थलगत निरीक्षण गरि जतिसक्दो काम चाँडो गर्न निर्देशन दिएका थिए ।

Prabhu
Crest

विद्युत आपूर्ति बन्द भएपछि ५५ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । भरतपुर सवस्टेशन ग्रिड महाशाखा हेटौंडा अन्तर्गत पर्छ । तत्कालका लागि महाशाखाले २२ एमभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत आपूर्ति सहज बनाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उक्त ट्रान्सफर्मरमा तेल भरेर फिल्टर गर्न थालिएकोमा बिहीबार बिहान १ बजेबाट मात्रै विद्युत आपूर्ति सूचारु भएको हो । पोखराबाट अर्काे २२ एमभिएको ट्रान्सफर्मर पनि ल्याइँदै गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । घिसिङले बुधबार राति पनि सवस्टेशनमा पुगेर निरीक्षण गरेका थिए ।

‘बिहीबार बिहानबाट त्यो जडानको काम सुरु हुन्छ’, उनले भने । लक्ष्मी पूजामा भरतपुरबासीलाई उज्यालोमा राख्ने गरि काम भइरहेको उनले बताए । ‘हाललाई एउटा मात्रै ट्रान्सफर्मर चार्ज गर्दा उद्योग बाहेकलाई पुग्छ । बिहीबार अर्काे २२ एमभिएको ट्रान्सफर्मर जडान भइसकेपछि भरतपुरको सबै क्षेत्रलाई बिजुली पुग्छ,’ उनले भने ।

भरतपुरमा पछिल्लो पटक छिनछिनमै लाइन जाने समस्याले स्थानीयहरु हैरान भएका छन् । बुधबार अस्पताल लगायतका अत्यावश्यक स्थानमा छिमेकी सवस्टेशन पर्सा, चनौली र मुकुन्दपुरबाट ल्याएर वितरण गरिएको हो ।

देवनगरमा निर्माणाधीन अवस्थामा रहेको सवस्टेशन चार्ज हुन थालेपछि भरतपुरमा विद्युत आपूर्तिमा सहज हुने घिसिङले बताए । ‘पूर्वी चितवनमा ३३ केभी लाइन बनाउन दिइएको छैन । त्यसले गर्दा पनि यस्तो समस्या आएको हो,’ उनी भन्छन्, ‘त्यो लाइन भएको भए, त्यहाँबाट पनि हामीले बिजुली दिन सक्थ्यौं ।’

भरतपुरलाई भरपर्दाे रुपमा बिजुली दिनका लागि यहाँ सवस्टेशन थप्न लागिएको उनले बताए । ‘फिडर थप्ने, तार भूमिगत गर्ने काम हुँदै छ । यो सबै भरपर्दाे विद्युत आपूर्तिका लागि हो’, उनले भने, ‘अहिले यहाँ धेरै समस्या आएको कुरा मैले पनि सुनेको छु । केही ठाउँमा सडक विस्तारका क्रममा पनि लाइन जाने गरेको रहेछ ।’ भरतपुरमा प्राविधिक समस्या नआउनेगरी विद्युत आपूर्ति दिनका लागि सोहीअनुसार काम भइरहेको उनले बताए । न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS