काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै जसका लागि विक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासनको लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ बीच सम्झौता भएको हो । कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव भदौ २६ गते सम्पन्न साधारण सभाबाट पारित गरेको थियो ।
अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि हकप्रद शेयर निष्काशन गर्नेछ ।