काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्याक्वेट, लैनचौरमा सम्पन्न भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो । सभामा उक्त प्रस्ताव पनि पारित भएको छ ।
सभालेअन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले मुलुकभर १०१ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।