काठमाडौं । नबिल बैंक लिमिटेडले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलवार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै संस्थाले वितरण गर्न सक्ने छ । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक लाभांश घोषणा गरेको बैंकले गत वर्ष पनि ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।