Connect IPS
IME Life

नेप्से २३ अंकले बढयो, ६ अर्बमाथिको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार २३ दशमलव ७७ अंकले बढेर २,८४३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ र इन्भेष्टमेन्ट उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । आज १३१ कम्पनीको शेयर मुल्य बढेको छ । ४५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३० वटा कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । कम्पनीको ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साहस उर्जाका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानकिर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका हुन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ९५ प्रतिशतका दरले गमाएका हुन् । नेपाल बङलादेश बैंक, आरएमडीसी लघुवित्त,सामुदायिक लघुवित्त इन्फिनीटि लघुवित्तका लगानकिर्ताले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS