IME Life
GBIME

लक्ष्मी लघुवित्तको साधारण सभा मंसिर १० गते, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा विहान ११ बजे गर्ने जनाएको छ । सभा जुम मार्फत गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ । कम्पनीको कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्ष्कको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

Crest

यसवर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३२ करोड ४५ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । सभामा उक्त प्रस्तावित लाभांश पारित गर्नेछ ।

सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS