काठमाडौं । सामलिङ्ग पावर कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा जम्मा ६७ हजार ८९० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले कार्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको १४ हजार ६०० कित्ता शेयर १२ जनाले प्राप्त गरेका छन् । त्यस्तै म्युचुअल फण्डका लागि निष्काशन गरिएको ३६ हजार ५०० कित्ता पनि बाँडफाँड गरिएको छ ।
सर्वसाधारण समुहका लागि निष्काशन गरिएको प्राथमिक शेयरका लागि २१ लाख ९८ हजारले आवेदन दिएका थिए । यस मध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएको छ । आवेदन दिने मध्ये २१ लाख ८८ हजार जना मात्रै बाँडफाँडका लागि योग्य भएका छन् ।
बाँडफाँडको नतिजा केहि समयमा थाहा पाउन सकिने बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । आइपिओको नतिजा नेपाल एसबिआई मर्चेन्टको वेवसाइट, कम्पनीको वेवसाइट, मेरो शेयर, मेरो शेयरले सञ्चालन गरेको प्राथमिक शेयरको नतिजा हेर्ने वेवसाइटबाट थाहा पाउन सकिन्छ ।