Connect IPS
IME Life

आज धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवस

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं। आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै छ ।

कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो । धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ ।

आयुर्वेदको ज्ञान सर्वप्रथम आत्रेय ऋषिले लिएको कथन रहेको छ । एक लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्मसंहिताको ज्ञान आत्रेय ऋषिले लिएका थिए । यही संहितालाई पछि आठ भागमा विभाजन गरेरियो, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।

Prabhu
Crest

भगवान् धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाडौंको वैद्यखानामा धन्वन्तरी भगवान्‌को विशेष पूजाआजा गर्ने गरिन्छ ।

२०५६ सालमा पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा नेपालमा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निर्णय भएको थियो । त्यसपछि नियमित रूपमा यो दिवस मनाइँदै आइएको छ ।न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS