काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले चाडपर्वको उपलक्ष्यमा ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५ सयसम्म) क्यास ब्याक पाउने जनाएको छ ।
यस योजना कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुनेछ । क्यास ब्याक पाउन चेकआउट गर्दा कुपन कोड (तिहार) राखी चेक आउट गर्नु पर्ने सेलपेले जनाएको छ ।