Connect IPS
IME Life

सामलिङ्ग पावरको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाउँछन् शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले उक्त आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी आज बाँडफाँडको तयारी गरेको जनाएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको आइपीओ आज ८ः३० बजे बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा करिव ४० गुणा बढी आवेदन परेको । उक्त आइपीओमा करिव २३ लाख लगानीकर्ताले आवेदन दिएका छन् ।

Prabhu
Crest

कम्पनीले कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले जारी पूँजीको १४।६ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । सर्वसाधारण तर्फको उक्त शेयर मध्ये १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो । दश कित्ता नियम अनुसार यस आईपिओमा ६७ हजार ८९० जना लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस आईपोओमा २१ लाख भन्दा धेरै लगानीकर्ताको हात खाली हुने सम्भावना देखिएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५।४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४।६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ पर्न आउछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS